सिंगापुर विश्वकै सबैभन्दा महंगो शहर......
काठमाडौं, फाल्गुन १९ । सिंगापुर
फेरि पनि विश्वको सबैभन्दा महंगो शहर बनेको छ ।
इकोनोमिस्ट इन्टेलिजेन्स युनिट ईआईयू ले
गरेको अनुसन्धान अनुसार यस वर्ष पनि सिंगापुर
महंगो शहरमा दरिन पुगेको हो ।
सिंगापुर न्यूयोर्क भन्दा ११ प्रतिशत बढी महंगो शहर
पाइएको छ ।
सिंगापुर पछि पेरिस,ओस्लो, जुरिच र
सिड्नी महंगो शहर बनेको छ । यी शहरहरु
अघिल्लो वर्ष पनि यही स्थानमा रहेका थिए ।
ईआईयूले न्यूयोर्कलाई आधार मानेर
अनुसन्धानका लागि १ सय ३३ शहर छानेको थियो ।
शहरमा उपलब्ध हुने खाद्यान्न , लत्ता कपडा लगायत १
सय ६० विभिन्न सेवाको मुल्यलाई
महंगी छनौटको मापक मानिएको थियो ।
सिंगापुरले सन् २०१३ मा टोकियोलाई
उछिनेको थियो । टोकियो अहिले ११ औं
महंगो शहरमा परेको छ ।
यस्तै विश्व कै
सबैभन्दा सस्तो शहरमा पाकिस्तानको करांची,
भारतको बैंग्लोर,
भनेजुयलाको काराकास ,भारतको मुम्बई,चेन्नाई
परेका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...